शुभविहानी सहकारीको अध्यक्षमा थापामगर

स्काई न्यूज /कार्तिक २२, सुर्खेत ।
शुभ विहानी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा भूपेन्द्र थापामगर चयन भएका छन् । संस्थाको आठौं वार्षिक साधारण सभाले शुक्रबार वीरेन्द्रनगरमा थापा मगरलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । सभाले संस्थाको उपाध्यक्षमा सन्तबहादुर रेश्मी मगर, सचिव दिलबहादुर लामिछाने तथा सदस्य प्रेमबहादुर थापा मगरलगायतलाई चयन गरेको छ ।

सभामा राष्ट्रिय सहकारी महासंघ सञ्चालक समिति सदस्य पदम दाहाल, जिल्ला सहकारी संघका प्रबन्धक ढाकाराम न्यौपाने तथा संस्थाका सल्लाहकार खगेन्द्र पुलामी मगरले संस्थाको बहुमुखि विकासका लागि सबै शेयर सदस्यहरु एकजुट भएर लाग्नु पर्ने बेला आएको बताएका छन् ।

Translate »