सेनाको गाडी चोरखोलामा दुर्घटना

स्काई न्यूज /माघ २९, सुर्खेत ।
नेपाली सेनाको गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सल्यानबाट दाङतर्फ आउँदै गरेको सपुत गण ब्यारेक सल्यानको लु १ ग–१२३ नम्बरको गाडी कपुरकोट गाउँपालिका–३, चोरखोलामा दुर्घटना हुँदा जमदार यादवप्रसाद घरेल घटनास्थलमै मृत्यु भएको हो । सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेका अनुसार दुर्घटनामा घाइतेहरुमा मेजर ईश्वर सिलवाल, जवान रोशन हिटन र हवल्दार जय प्रकाश बोहरा रहेका छन् ।

अन्य तीन जना घाइतेको नाम भने खुलेको छैन । दुई जना हराइरहेका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेको उनको भनाइ छ । गाडीमा सात जना सवार थिए । सवारमध्ये चार जनाको उद्धार गरी दाङ पठाइएको छ । गाडी करिब ५ सय मिटर तल खसेको छ । गाडीमा हतियार र बम भएकोले उद्दारमा जोखिम भएको छ । उक्त गाडी हतियार लिएर बुटवल जान लागेको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार गाडी पुरै टुक्राटुक्रा भएको छ । घाइतेको उपचारका लागि काठडामाडौ लैजान सेनाको हेलिकोप्टर घटना स्थल घटनास्थल पुगिसकेको जानकारी प्राप्त भएको छ ।

Translate »