मप विश्वविद्यालयको उपकुलपतिमा सिंह नियुक्त


स्काई न्यूज /फागुन १९, सुर्खेत ।
केन्द्र सरकारले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक (डाक्टर) नन्दबहादुर सिंहलाई नियुक्त गरेको छ । त्रिभुवन विश्वविद्यालयमा प्राणिशास्त्रका प्राध्यापक रहेका डा. सिंहलाई आइतवारको मन्त्रिपरिषद् बैठकले उपकुलपतिमा नियुक्त गरेको हो । मन्त्रिपरिषद्को निर्णयपछि आफूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट नियुक्तिको मौखिक जानकारी प्राप्त भएको नवनियुक्त उपकुलपति सिंहले जनाए । विगत ४ महिनादेखि विश्वविद्यालयमा उपकुलपति पद रिक्त रहेको थियो । तत्कालीन उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाको पदावधि सकिएपछि पद रिक्त रहेको थियो ।

Translate »