भारतको हरियाणामा चौकुनेकी राधिकाको मृत्यु

चौकुनेबासी शोकमा

स्काई न्यूज/ बैशाख १२, सुर्खेत ।
भारत हरियाणामा पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाकी राधिका जिसी गरञ्जा मगरको मृत्यु भएको छ । बुधबार साँझ छातीमा समस्या देखिएपछि हरियाणा स्थित आर्मी हस्पिटलमा भर्ना भएकी २५ वर्षिया राधिकाको उपचारको क्रममा विहीबार ११ बजे मृत्यु भएको हो । उपचारमा संलग्न चिकित्सकले हृदयघातबाट मृत्यु भएको जानकारी दिएको राधिकाका पिता कविराज जिसीले स्काई न्यूजलाई जानकारी दिए । मृत्तक राधिका पति दिपेन्द्र गरञ्जा मगर भारतीय सेनाको फाईप जीआर गोरखा रेजिमेन्टमा हरियाणामै कार्यरत छन् ।

उनका दुई सन्तान मध्ये एक छोरी एक छोरा छन् । राधिकाको अल्पआयुमै मृत्यु भएको खबरले चौकुनेका सर्वसाधारण शोकमा डुबेका छन् । चौकुनेको गुटुमा जन्मेकी राधिकाको ससुराली साविकको विजौरा गाविसको खारघारीमा रहेको छ । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासले विश्वका अधिकांस देश लकडाउनमा परिरहेका बेला भारतको हरियाणामा राधिकाको अल्पआयुमै मृत्यु भएको खबरले दुखित बनाएको चौकुने गुटुकी समाजसेवी लक्ष्मी ओलीले बताईन् । उनले यस दुःखद घडीमा मृत्त आत्माको चिरशान्तिको कामना गर्दे शोकसन्तप्त परिवारजनमा धैर्यधारण शक्ति प्राप्ति होस भन्दै हार्दिक समबेदना प्रकट गरिन् ।  अति मिलनसार, स्वाभिमानी र तट्स्थ विचार राख्ने राधिकाको मृत्युको खबरले गाउँनै शोकमा डुबेको चौकुनेका अर्का समाजसेवी काशीराम देवकोटाले बताए ।

Translate »