सुर्खेतमा रक्तदानसहित वृक्षारोपण

मदन भण्डारी जन्मजयन्ती

स्काई न्यूज /असार १५, सुर्खेत ।
जनताको बहुदलिय जनवाद (जबज) का स्वर्गिय मदन भण्डारीको ६९ औं जन्म जयन्तीका अवसरमा सुर्खेतमा रक्तदानसँगै वृक्षारोपन गरिएको छ । मदन भण्डारी फाउण्डेसन सुर्खेतको आयोजनामा आइतबार रक्तदान तथा मदन भण्डारी स्पोर्ट्स एकेडेमी सुर्खेत जिल्ला कमिटीको आयोजनामा वृक्षारोपण गरिएको हो ।

फाउण्डेसन सुर्खेतका कार्यवाहक अध्यक्ष टेकेन्द्र बस्नेतको अध्यक्षता र नेकपा केन्द्रीय सदस्यहरु नरबहादुर बिष्ट, झकबहादुर मल्ल र निरज आचार्य सहितको उपस्थितिमा रक्तदान गरिएको छ भने मदन भण्डारी स्पोर्ट्स एकेडेमी सुर्खेत जिल्ला कमिटीको आयोजनामा दिउँसो अम्बिकादेवी सामुदायिक वन गाग्रेतालमा विभिन्न जातका बिरुवाहरु रोपिएको छ । कार्यक्रम फाउण्डेसन कर्णाली प्रदेश सचिब कुलमणि देवकोटाको प्रमुख आतिथ्यता र स्पोर्ट्स एकेडेमी सुर्खेतका अध्यक्ष तेजबिक्रम बस्नेतको अध्यक्ष्यतामा सम्पन्न भएको हो । कार्यक्रममा फाउण्डेसन सुर्खेतका अध्यक्ष टेकेन्द्र बस्नेत, अनेरास्ववियुका सुर्खेतका संयोजक धुपेन्द्र शाही, सामुदायिक वन समितिका अध्यक्ष डिल्ली कंडेल, वीरेन्द्रनगर ११ का वडाध्यक्ष नन्दलाल शर्मा लगायतको उपस्थिति रहेको थियोे । निकट भविष्यमा उक्त स्थानमा मदन स्मृति बाटिका निर्माण गर्ने योजना रहेको देवकोटाले बताए ।

Translate »