बसपार्कमा सार्वजनिक शौचालय निर्माण

स्काई न्यूज/असार २१ सुर्खेत ।

सुर्खेत बसपार्कमा सार्वजनिक शौचालय निर्माण गरिएको छ । वीरेन्द्रनगर नगरपालिका, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) र अन्तरनिर्भर समाज सुर्खेतको साझेदारीमा वीरेन्द्रनगर–६ स्थित बसपार्कमा अत्याधुनिक शौचालय निर्माण गरिएको हो । रू. २८ लाख १८ हजार ३९३ लागतमा निर्माण सम्पन्न गरिएको शौचालय शुक्रवार यूएनडीपीका कर्णाली प्रदेश प्रमुख रफिद अहमद सिद्धीकीले वीरेन्द्रनगरका कार्यवाहक प्रमुख मोहनमाया ढकाललाई हस्तान्तरण गरे । शौचालय अपांगता, लैंगिक र वातावरणमैत्री भएको यूएनडीपी कर्णालीका प्रमुख सिद्धीकीले बताए । शौचालय निर्माण गर्न वीरेन्द्रनगर नगरपालिकाले रू. ९ लाख ६३ हजार ८९०, यूएनडीपीले रू.१५ लाख ७२ हजार ६३३ र अन्तरनिर्भर समाज सुर्खेतले रू.२ लाख ८१ हजार ८९३ खर्च गरेका छन् । शौचालयमा ३ ओटा कमोड,चार ओटा पिन सेट र चार ओटा मेलयूरेनरी छन् ।

Translate »