तीन वर्षिया बालिका बलात्कारको आरोपमा १४ वर्षीय किशोर पक्राउ

स्काई न्यूज /साउन १, सुर्खेत ।
तीन वर्षिया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जना किशोरलाई पक्राउ गरेको छ । सुर्खेतको भेरीगंगा नगरपालिकाका १४ वर्षीय किशोरलाई तीन वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा वीरेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । बालिकालाई अभिभावकहरुले बलात्कृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । असार २९ गते दिउँसो घरमा कोही नभएको मौका पारी ती किशोरले बालिकाकै घरमा बलात्कार गरेको आरोप छ । बालिकाका अभिभावकले प्रहरीमा जाहेरी दिएपछि आरोपित किशोरलाई पक्राउ गरि आवश्यक अनुसन्धान शुरु गरिएको जिप्रकाका सूचना अधिकारी डीएसपी रामप्रसाद घर्तिमगरले जानकारी दिए । उनका अनुसार आरोपित किशोर वीरेन्द्रनगरमा आफन्तसँग डेरा गरि बस्दै आईरहेका थिए ।

यसैवीच वीरेन्द्रनगरमै एक ८ वर्षिया बालिकालाई १५ वर्षीय किशोरबाट बलात्कृत भएको उजुरी दर्ज भएको छ । असार १४ गते सोही ठाउँ बस्ने १५ वर्षीय किशोरले ८ वर्षिया बालिकालाई ललाई फकाई बलात्कार गरेको उजुरी दर्ज भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । केही दिनदेखि बालिकाको अस्वभाविक शारीरिक समस्या देखा परेपछि परिवारले सोधपुछ गर्दा उक्त घटना बाहिरिएको होे । जिप्रकाका सूचना अधिकारी घर्तिमगरले घर नजिकै निर्माणधिन घरमा लगेर ती किशोरले बलात्कार गरेको उजुरी परेपछि किशोरलाई पक्राउ गरिएको जनाए । उनले आरोपित किशोरलाई पक्राउ गरि आवश्यक अनुसन्धान शुरु भइसकेको बताए ।

Translate »