दुर्गम हुनुको पिडाः सुत्र सप्टवयरले काम नगर्दा करोडौको भुक्तानी रोकियो

स्काई न्यूज / असार ३,मुगु ।
स्थानिय तहहरुको आर्थिक कारोवारको लागी संचालनमा ल्याईएको सुत्र सप्टवयरले काम नगर्दा यहाँका स्थानिय तहहरुबाट करोडौको भुक्तानी रोकिएको छ ।आर्थिक बर्षको अन्तिम दिन बुधबार राती ७ बजेबाट आर्थिक कारोवारका लागी देशभर मलेनिकाले प्रयोगमा ल्याएको सुत्र सप्टवयरले काम गर्न छोडेपछि करोडौको भुक्तानी हुन नसकेको हो ।मुगु जिल्लामा रहेका चारवटा स्थानिय सरकारहरु मध्ये मुगुम कार्मारोङ्ग गाँउपालिकाले मात्र आफनो सबै भुक्तानी दिन सकेको छ भने अन्य छायाँनाथ रारा नगरपालिका, खत्याड गाँउपालिका र सोरु गाँउपालिकाले संघ र प्रदेशबाट आएका योजनाहरु, सशर्त अनुदान तर्फको बजेट भुक्तानी दिन नसकेका हुन । संघ, प्रदेश र स्थानिय तहका सशर्त अनुदान तर्फका विकास योजना र कार्यक्रम तर्फका बजेट सप्टवेयरमा आएको प्राविधिक समस्याका कारण भुक्तानी हुन नसकेपछि स्थानिय तहका जनप्रतिनिधी, लेखापाल, कार्यालय प्रमुख तथा शाखा प्रमुखहरु तनावमा रहेका छन ।

 

सोरु गाँउपालिकाका स्टोर किपर ईश्वर सिंहले संघ र प्रदेशका योजनाहरु लक डाउनका कारण समय मै काम हुन सकेन अन्तिममा आएर कामको चाप बढेको र काम गरेर उपभोक्ताहरुले ३१ गते पालिकामा फाईलहरु पेश गरेपनि सुत्रले काम नगर्दा संघ र प्रदेशका ४ करोड बढीको भुक्तानी हुन नसकेको बताए ।जिल्ला सदरमुकामबाट १ दिन टाढा रहेको सोरुगाँउपालिकामा बुधबार ७ बजेबाट सुत्र सप्टवेयरले काम गर्न छोडेपछि पालिकाका सबै फाईलहरु बाकेर कर्मचारीहरु राती ८ बजे सदरमुकाम गमगढी आएका थिए ।गमगढीमा पनि ईन्टरनेट र सफटवेयरले काम नगरेपछि कोष तथा लेखा नियन्त्रण कार्यालयमा सम्पर्क गर्न जादा त्यहाँ पनि त्यहि समस्या देखाएपछि राती नै पालिका केन्द्रमा फर्केको र अब गाँउ सभाबाट निर्णय गरेर मलेनिका, सामान्य प्रशासन र अर्थ मन्त्रालयलाई भुक्तानीका लागी अनुरोध गर्ने सल्लाह भएको स्टोर किपर सिंहले बताए ।जनताले काम गरेर पनि अन्तिम समयमा आएर सफटवेयरका कारण भुक्तानी रोकिएकाले मलेनिकाले पनि दुर्गम तथा पिछडिएका क्षेत्रहरुका लागी विषेश व्यवस्था गर्नु पर्ने कर्मचारी युनियन संघका केन्द्रिय सदस्य कृष्ण बहादुर सेजुवालले बताए ।

उनले भने राज्यले बनाउने निती, नियम काठमाडौलाई केन्द्रमा राखेर बनादाको उपज नै यो भुक्तानी रोकिनु हो ।सुविधा सम्पन्न ठाँउहरुमा ईन्टरनेट तिव्र हुन्छ, सबै ठाँउमा यातायात सुविधा हुन्छ, निमार्ण सामग्री सजिलै उपलब्ध हुन्छ तर दुर्गममा ईन्टरनेटको गती कछुवा गती भन्दा सुस्त छ, सडक हिलाम्य, गाँउ गाँउमा हिडेर जानु पर्छ, निमार्ण सामग्री सहज उपलब्ध हुदैन त्यसैमा संघ, प्रदेश सरकारले अन्तिम समयमा बजेट पठाउछन कसरी बजेट, कार्यक्रम कार्यान्वयन गर्ने, कि सरकारले तिव्र गतीको ईन्टरनेट दिनुपर्यो नत्र जनताको काम गर्ने कार्यालयलाई भुक्तानी दिन समस्या परिरहने देखिन्छ ।बुधबार दिउसो १२ बजेसम्म भुक्तानी दिने समय भएपनि महालेखा नियन्त्रण कार्यालयमा अनुरोध गरेर राती १२ बजेसम्म भुक्तानी दिन सकिने व्यवस्था मिलाएपनि सुत्र सप्टवेयरले काम नगर्दा स्थानिय तहहरुमा भुक्तानी रोकिएकाले यसको असरमा प्रत्यक्ष सर्व साधारण जनता परेकाले केहि समाधान भए निकाली दिन मलेनिकालाई अनुरोध गर्ने कोलेनिका मुगुका कोष नियन्त्रक नन्दराम कडेलले बताए ।मुगु जिल्लामा ईन्टरनेट सेवा प्रदायकहरुको नेटको गती सुस्त हुदा पनि सेवाग्राहीहरुले समस्या झेल्दै आएका छन ।बुधबार देखि नेपाल टेलिकमले वितरण गरेको ईन्टरनेट, जिएसएम, एडिएसएल, लेण्डलाईन सेवाहरु अवरुद्घ हुदा पनि सुत्र सप्टवेयरमा समस्या आएको बुझिएको छ ।विकास निमार्णका काममा संलग्न रहदै आएका जनताहरु अन्तिम समयमा आएर योजनाहरुको भुक्तानी नभएर पछि साउने संक्रान्तीको खर्चपर्च गर्ने जोहो नहुदा निराश भएका छन ।

Translate »