हात भाँच्चिएका कोरोना संक्रमितको उपचार सुर्खेतमा नहुँदा कोहलपुर रेफर

उपचार ढिलाईले विरामीलाई सास्ती

स्काई न्यूज/साउन ३, सुर्खेत ।
क्वारेन्टाइनमै विवाद हुँदा हात भाँच्चिएका कोरोना भाइरस (कोभिड–१९) संक्रमितको सुर्खेतमा उपचार नहुँदा कोहलपुरमा उपचार गराउनु परि रहेको छ । क्वारेन्टाइनमा बस्ने सवालमा प्रहरीसँग भएको विवादमा हात भाँचेपछि कोरोना संक्रमित युवकको प्रदेश अस्पताल सुर्खेतमा उपचार हुन नसकेपछि नेपालगञ्ज मेडिकल शिक्षण अस्पताल कोहलपुरमा उपचार गराउन बाध्य हुनु परेको हो । जिल्लामा आवश्यक समन्वय नहुँदा स्थानीय स्तरमै उपचार सम्भव भएपनि कोरोना संक्रमित भएकै कारणले उपचारका लागि विभिन्न स्थानमा दौडिनु परेको कोरोना संक्रमित युवकको गुनासो छ । प्रहरीसँगको विवादमा घाइते भएका कोरोना संक्रमित ती युवकलाई पाँच दिनपछि उपचार लागि अस्पताल ल्याइको हो । सोमबार क्वारेन्टिनभित्रै घाइते ती युवकलाई शुक्रबार राति कर्णाली प्रदेश अस्पताल ल्याइएको थियो । हात भाँचिएका ती युवकको प्रदेश अस्पताल सुर्खेतमा उपचार हुन नसकेपछि कोहलपुर रेफर गरिएको हो । सिम्तागाउँपालिका–६, राकममा स्थापना गरेको क्वारेन्टाईनमा बस्दै आएका कोरोना संक्रमित युवकलाई पाँच दिनपछि मात्र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्यार्र्ईएको छ । उनी अहिले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका छन् ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उप–निर्देशक डाक्टर दिनेश क्षेष्ठले ती विरामीको सामान्य सुरक्षा अपनाएर स्थानीय स्तरमै उपचार हुनसक्ने भएपनि कोहलपुर पु¥याईएको बताए । ‘ती कोरोना संक्रमित युवकको देब्रेहातको नाडीको रेडियस बोन भाँचिएको छ । उनको उपचार मेहलकुना वा सुर्खेतमै सम्भव थियो तर, विभिन्न स्थानमा घुमाउँदै कोहलपुर ल्याई पुराईयो,’ उनले भने, ‘साना–साना समस्याका विरामी पनि तेस्रो चरणको अस्पताल भन्दै आउन थालेपछि जटिल केश आउँदा उपचार पु¥याउनै कठिन हुन्छ । त्यसैले अहिलेको विशेष परिस्थितिमा समन्वय हुन आवश्यक देखिन्छ ।’ उनले शुरुमै समन्वय भएको भए स्थानीय स्तरमै उपचार सम्भव भएपनि मेहलकुना, प्रदेश अस्पताल, भेरी अस्पताल हुँदै कोहलपुर पुराउन नपर्ने जिकिर गरे । गत असार ३१ गते क्वारेन्टाईनमा बसेको बेलामा प्रहरीसँगको विवाद भएपछि उनमा कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो । यता प्रदेश अस्पताल स्रोत भन्छ, ‘एक्सरे गर्दा कोरोना संक्रमित युवकको दायाँ हातको नाडी नजिकैको हड्डी भाँचिएको पाइयो । अप्रेशनका लागि नेपालगञ्ज रेफर गरेका छौं ।’ कर्णाली प्रदेश अस्पतालमा कोरोना संक्रमित विरामीको अप्रेशन गर्ने व्यवस्था छैन् । प्रदेश अस्पताल लेवल–२ हो, यहाँ कोरोना संक्रमितको अप्रेशनका लागि छुट्टै थिएटर नभएकाले लेवल–३, को अस्पताल नेपालगञ्जमा रेफर गरिएको स्रोतको भनाइ छ । सिम्ता माविको क्वारेन्टिनबाट आइसोलेसनमा लिने क्रममा कोरोना संक्रमित युवकलाई सोमबार प्रहरीसँग विवाद भएको थियो । विवादपछि कोरोना संक्रमित युवक राम्रोसँग हिँडडुल गर्न पनि सक्दैनन् । उनलाई शुक्रबार राति वीरेन्द्रनगर नगरपालिकाले सञ्चालन गरेको बसपार्कस्थित आइसोलेसन सेन्टरमा राखिएको थियो । त्यहाँबाट थप उपचारका लागि कोहलपुर लगिएको हो । यता जिल्लाका नागरिक अगुवाहरुले कोरोना संक्रमितको उपचारमा चरम लापरवाही भएको बताएका छन् । हातको हड्डी भाँच्चिएका कोरोना संक्रमितको सामान्य उपचार स्थानीय स्तरमै सम्भव भएपनि बाहिर रेफर गर्नु दुःखद पक्ष भएको उनीहरुको भनाइ छ ।

Translate »