बालविवाह गर्ने गराउने चार जना पक्राउ

स्काई न्यूज / साउन १४,सल्यान ।
सल्यानमा बालविवाह गर्ने गराउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । बालविवाह गरेको अभियोगमा कपुरकोट गाउँपालिका वडा ५ रिमका १७ वर्षीय बालक र बनगाड कुपिण्डे नगरपालिका वडा न १२ की १९ वर्षीया बालिका रहेका छन् । यस्तै बालविवाह गराउने कार्यमा संलग्न बालककी आमा केवली रोका र बुवा दयाराम रोकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । विवाह गराई माइती जाने क्रममा मङ्गलवार गाडीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । सवारी चेक जाँच गर्ने क्रममा उमेर नपुगी विवाह गरेको शङ्का मानी सोधपुछ गर्ने क्रममा उमेर नपुगी विवाह गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको उहाँको भनाई छ । पक्राउ परेकाहरू विरुद्ध जिल्ला अदालत सल्यानमा बाल विवाह कसुरमा मुद्दा दर्ता गरी म्याद थप गरे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Translate »