२०८३ असोज ४ , आइतबार
Sky News Nepal
September 20, 2026

८० वर्षदेखि कपाल नकाटेको ९२ वर्षे वृद्ध



के तपाई पत्याउनु हुन्छ, एक वृद्ध जसले ८० वर्षदेखि आफ्नो कपाल काटेका छैनन् भन्दा रु तर यो कुरा सत्य हो । नगुएन वेन चेन भियतनामको हो चि मिन्ह शहरबाट ८० किलोमिटर टाढा रहेको गाउँमा बस्छन् । भियतनामको टिएन गियांग प्रान्तमा बस्दै आएका ९२ वर्षका नगुएनले ८० वर्षदेखि कपाल काटेको छैनन् । ८० वर्षमा उनको कपाल ५ मिटर लामो भएको छ । उनले कपाल कोर्ने र नुहाउने पनि गरेका छैनन् । उनी अझैपनि आफै खाना बनाउँछन्, अन्य नीजि कामहरु पनि आफै गर्छन् । जीवनको उत्तरार्धमा पनि उनी आफै खाना बनाउँछन् । वुद्धको कपालप्रतिको यस्तो शोख, सोच तथा जोश देखेर टिएन गियांग प्रान्तका मानिस दंग पर्छन् ।
कपाल मोह र ईश्वरको वरदान
नगुएनले यतिका वर्षसम्म कपाल नकाट्नुमा उनको एक विश्वास छ । उनी मानिस जस्तो जन्मिन्छ, त्यसलाई त्यही अवस्थामा छोडिदिनुपर्छ भन्नेमा विश्वास गर्छन् । उनी भन्छन्, ‘यदी मैले यो कपाल काटें भने म मर्छु । त्यसैले म यसलाई प्राकृतिक स्वरुपमा नै राख्न चाहन्छु । यसलाई काटँछाट गर्न हिम्मत आउँदैन । कपालसँगको कुनै परिवर्तन स्वीकार्य छैन ।’ उनले यो बीचको समयमा कपाललाई नकाटे पनि राम्रोसँग स्याहार सुसार गर्ने र सफा गर्ने काम भने गरेका छन् । टाउकोलाई कपडाले कपाललाई ढाक्ने गर्छन् । कपाल बचाउन स्कुलबाट भागेडेली मेल युकेमा प्रकाशित सामाग्रीमा कपालप्रतिको आफ्नो सानैदेखिको मोह सम्झिदैं नगुएन भन्छन्, ‘सानैदेखि कपालको माया गर्थे । तीन कक्षामा पढ्दै थिएँ मलाई स्कूलमा कपाल काट्न भनेर भनियो, म स्कुलबाट नै भागें । त्यसपछि स्कुल नै गइन । त्यही बेलादेखि हो मैले कपाल नकाट्ने र नधुने निर्णय गरेको ।’ उनी सुनाउछन्, ‘एक समय मेरो कपाल कालो र बलियो थियो । त्यो बेला मैले बेलाबेला कपाल पनि कोर्ने गर्थे तर पछि ईश्वरले दिएको वरदानलाई आफूले केही गर्नु हुँदैन भन्ने लाग्यो । त्यसपछि कही गरिन ।’

छोराको मदत
५ मिटर लामो र फुलेको कपाललाई स्याहार गर्न पक्कै पनि उनका लागि सजिलो छैन । ९२ वर्षका उनलाई वयस्क भएको बेला कपालको हेरचाह गर्न सजिलो भए पनि अहिले पहिलेको जस्तो सहज छैन । नगुएनका पाँचौं सन्तान छोरा नगुएन वेन लुओमले उनको लामो कपाललाई मिलाउन र फैलाउनका लागि मदत गर्छन् । लुओम पनि बुवाको जस्तै कपाल काट्न नहुने कुरामा विश्वास गर्छन् । उनी पनि मानिसले कपाल काटे नराम्रो हुने बताउँछन् । उनी भन्छन्, ‘कपाल पाल्ने काम पवित्र काम हो ।’ उनले पनि बुवाले झै कपाल पालेका छन् ।(नेपाल पब्लिक)

प्रकाशित मिति : २०७७ भदौ २१ गते आइतबार
Translate »