५ वर्षिय बालिका बलात्कार आरोपमा पक्राउ


स्काई न्यूज /पुस २१, सुर्खेत ।
दैलेख प्रहरीले पाँच वर्षीय बालिका बलात्कार गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले नारायण नगरपालिका–८, सिमडामा ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय रामबहादुर बिकलाई पक्राउ गरेको हो । घरमा कोही नभएको अवस्थामा बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा विकलाई शनिवार पक्राउ गरिएको दैलेख प्रहरीले जनाएको छ । पक्राउ परेका ती बिकलाई दैलेख जिल्ला अदालतबाट म्याद थप गरि आवश्यक कार्वाहीका अनुसन्धान शुरु गरिएको प्रहरीको भनाइ छ ।

Translate »