२०८३ साउन १९ , मंगलबार
Sky News Nepal
August 5, 2026

नग्न योग किन गरिन्छ ?



युगल योग, हट योग पछि, न्युड योग वा नग्न योग लोकप्रिय भइरहेको छ। यसको लोकप्रियता बढ्दै गइरहेको छ। नग्न योग एक अवस्था हो जहाँ एक व्यक्तिले आफ्नो कपडा निकालेर योग गर्ने गर्छन् । यो योग अमेरिका, क्यानडा, फ्रान्स, स्पेन, अष्ट्रेलिया, आदि जस्ता देशहरूमा यो योग झनै बढी प्रचलनमा छ । फिटनेसको हिसाबले यसका धेरै फाइदाहरू छन् ।

नग्न योग अहिले आम सेलिब्रेटीहरूले अपनाउने गरेका छन् ।  भारतमा पनि मानिसहरू यसलाई बन्द कोठामा खुल्लमखुल्ला अभ्यास गर्ने गर्छन् । हलिवुडका धेरै अनुभवी अभिनेत्रीहरू यो योग गर्छन् । नग्न योगका केही फाइदाजनक कुराहरू हुन्छन् ।

शरीर, आत्मा, दिमागको राम्रो संयोजन

जसले नग्न योगलाई असहज महसुस गर्दैनन् त्यो अवस्थामा पुगेपछि मान्छेले आफूले आफैँलाई अरूभन्दा फरक देख्न थाल्छ । उसको दिमाग शान्त रहन्छ र शरीर र आत्मा पनि उत्तम अवस्थामा पुग्छ । यदि तपाईंमा डिप्रेसन वा तनावको समस्या छ भने त्यस्तो अवस्थामा आफैँलाई एउटा कोठामा बन्द गर्नुहोस् र नग्न योगको अभ्यास सुरू गर्नुहोस् । एक शोधले पत्ता लगाएको छ कि नग्न योग गर्ने मान्छेले आफूलाई स्वतन्त्र महसुस गर्छन् । तपाईंको मानसिक विकास तब मात्र सम्भव छ जब तपाईंको आत्माले तपाईंको शरीर र दिमागलाई बुझ्न सक्छ।

सुधारिएको शरीर आसन

त्यहाँ धेरै आसनहरू छन् जसमा उचित आसन वस्त्र लगाएर योग गर्ने गरिन्छ । यदि तपाईं नग्न हुनुहुन्छ भने तपाईंले अझ राम्रो फाइदा पाउनुहुनेछ । नग्न अवस्थामा, तपाईंले आफ्नो शरीरलाई आफ्नो इच्छा अनुसार ढाल्न सक्नुहुन्छ । यसमा कुनै कठिनाइ हुँदैन ।

आत्मविश्वास बढाउन

नग्न योग गर्दा तपाईं आफूले आफैँलाई पूर्ण रूपमा आरामको अवस्थामा पाउनु हुनेछ। यसो गर्दा तपाईंमा आत्मविश्वास पनि बढ्छ र सकारात्मकता भावको विकास पनि हुन्छ । नियमित यस्तो अभ्यास गर्दा तपाईंमा चिन्ता, थकान र डिप्रेसन जस्ता मबै समस्याहरू हटेर जान्छ । तपाईं आफैंलाई राम्ररी बुझ्न थाल्नुहुनेछ र आफैंलाई पनि स्वीकार्न सक्नुहुनेछ ।

सुन्दरतामा निखार

नग्न योग प्रशिक्षकहरू विश्वास गर्छन् कि नग्न योग गर्दा छालामा सुधार हुन्छ । यस योगको साथ तपाईंको शरीरको आकार पनि राम्रो हुन थाल्छ । यो योगको नियमित अभ्यासको साथ तनाव र उदासीनताबाट छुटकारा पाउन र एक राम्रो मुडको साथ सौन्दर्यमा सुधार ल्याउन समेत यसले सहयोग गर्छ ।

कसरी गर्ने नग्न योग

नग्न योग प्रदर्शन गर्नुअघि आफैँलाई मानसिक रुपमा तयार राख्नुपर्छ । यसले तपाईंलाई अप्ठ्यारो महसुस हुन सक्छ । त्यसबाट जोगिनुपर्छ । नग्न योग आफ्नो घरमा ढोका थुनेर एक्लै बसेर पनि गर्न सकिन्छ । बिस्तारै यसको आसन बुझेर अघि बढ्दै जाँदा लाज पनि हराउँदै जान्छ ।

यदि तपाईं एक्लो योग गर्दै हुनुहुन्छ भने सोलो पोजमा रहनुहोस् । गलत आसनले पनि क्षति निम्त्याउन सक्छ। नग्न योग गर्नुअघि, म्याट फैलाउनुहोस् र नुहाएपछि मात्र यो योग गर्न सुरु गर्नुहोस् । यो शारीरिक तथा मानसिक लाभ हाँसिल हुनेछ। नग्न योग वास्तवमा शरीर र दिमागका लागि राम्रो मानिन्छ। यो हाथायोगिसको उपहार हो। यस लेखमा वा प्रशिक्षकको सल्लाहमा दिइएका तरिकाहरू अपनाएर नग्न योग गर्नुहोस् ।  (अनलाईन खबर)

प्रकाशित मिति : २०७७ चैत २७ गते शुक्रबार
Translate »