चोरेर फिल्म नहेरिदिन सलमान खानको आग्रह

ईदको अवसर पारेर सलमान खानको फिल्म राधे विदेशका केही हलमा प्रदर्शनमा आएको छ । भारतमा भने डिजिटल प्लेटफर्ममा रिलिज भएको हो । अभिनेता खानले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत दर्शकलाई फिल्म सही प्लेटफर्ममै हेर्न अपिल गरेका छन् । एउटा फिल्म बनाउन धेरै व्यक्तिको मिहेनत लागेको हुन्छ । तर हामीलाई दुस्ख लाग्छ तब जब मानिसहरु पाइरेसी गरेर (चोरेर) फिल्म हेर्छन् । त्यसैले तपाईंहरुलाई सही प्लेटफर्ममा फिल्म हर्न अनुरोध गर्दछु, उनले इन्स्टाग्राममा सार्वजनिक गरेको भिडियोमा उल्लेख गरेका छन् । यो फिल्म हलमै प्रदर्शन गर्ने खानको तयारीमा थियो । तर कोभिड महामारीका कारण उनले आफ्नो फिल्म ओटीटी (ओभर दि टप) प्लेटफर्ममा प्रदर्शन गरेका हुन् । प्रभु देवा निर्देशित यस फिल्ममा सलमानसँगै दिसा पटानी, रणदीप हुडा, ज्याकी श्रोफलगायतको अभिनय छ । (एजेन्सी)

 

Translate »