२०८३ असोज ५ , सोमबार
Sky News Nepal
September 21, 2026

कोभिड संक्रमितको उपचारका लागि प्रियंकाले जम्मा गरिन् २२ करोड



केही दिन अगाडि नायिका प्रियंका चोपडाले भारतमा कोरोनाका कारण समस्यामा परेका मानिसहरुको सहयोगका लागि भन्दै सहयोग कोष स्थापना गरेकी थिइन् । उनले, अनलाइनको माध्यमबाट सुरु गरेको यो कोषमा २२ करोड भारतीय रुपैयाँ जम्मा भएको उल्लेख गरेकी छिन् । सामाजिक संजालमा यो कुराको जानकारी दिदै प्रियंकाले खुशी व्यक्त गरेकी छिन् । प्रियंकाको यो अभियानमा हलिउडका गायक–गायिका, कलाकारदेखि विभिन्न मानिसहरुले सहयोग गरेका थिए ।उनले लेखेकी छिन्–‘हामीले ३ मिलियन डलर अर्थात २२ करोड रुपैयाँ जम्मा गर्न सफल भएका छौ । यो रकमले ५ सय अक्सिजन कन्स्ट्रेटर र ४२२ अक्सिजन सिलिन्डर किन्न सकिन्छ । ’ साथै, उनले यो रकमले ६ हजार मानिसमा कोरोना विरुद्धको खोप लगाउन सकिने पनि उल्लेख गरेकी छिन् । उनले, यो कोषमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएकी छिन् ।(अनलाइन खबर)

प्रकाशित मिति : २०७८ जेठ ६ गते बिहीबार
Translate »