२०८३ असोज ५ , सोमबार
Sky News Nepal
September 21, 2026

सुनिधीको खुलासा–‘इन्डियन आइडलमा झुटो तारिफ गर्न लगाइन्छ’



भारतीय टेलिभिजनको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’मा टीआरपीका लागि झुटो तारिफ गर्न लगाइने खुलासा गायिका सुनिधी चौहानले गरेकी छिन् । सुनिधी यो शोको पाँचौ र छैटौ श्रृङ्खलामा निर्णायक थिइन् । उनले, शोका मेकर्सले चाहेको कुरा आफूले गर्न नसक्ने भएका कारण शो छाडेको उल्लेख गरेकी छिन् । उनले, निर्णायकको सोचलाई पर राखेर प्रतिस्पर्धीहरुको झुटो तारिफ गर्न लगाइने पनि बताएकी छिन् ।

सुनिधीले भनिन्–‘शोमा जती पनि विवादस्पद कुराहरु आउँछन्, त्यो दर्शकको ध्यान खिच्न मात्र हो । शोमा सहभागी प्रतिस्पर्धीहरुले निर्णायकबाट झुटो तारिफ पाउने गर्छन् । यसलेगर्दा, उनीहरु आफ्नो प्रतिभा नै विर्सने अवस्थामा पुग्छन् ।’

सुनिधीले यो शोले गायन क्षेत्रमा केही गर्न चाहनेहरुका लागि ठूलो मञ्च प्रदान गरेको बताउँदै भनिन्–‘तर, प्रतियोगीहरु टीभीमा आफ्नो सफलताको कथा मात्र सुन्न थाल्छन् । यसलेगर्दा, उनीहरुमा केही गरेर देखाउने चाहना नै सकिन थाल्छ ।’

केही प्रतिभाहरुले मिहिनेत गरेपनि निकै चाडो पाएको सफलताले उनीहरुको दिमागमा ठूलो असर गर्ने सुनिधीको भनाई छ । उनले, यसमा प्रतिस्पर्धीहरुको गल्ती नभएको भन्दै सबैकुरा टीआरपीको खेल रहेको उल्लेख गरेकी छिन् । (अनलाइनखबर)

प्रकाशित मिति : २०७८ जेठ १७ गते सोमबार
Translate »