सुर्खेतमा जारी निषेधाज्ञा जेठ ३१ सम्म लम्बियो


स्काई न्यूज / जेठ २४, सुर्खेत ।
सुर्खेतमा जारी निषेधाज्ञा जेठ ३१ सम्म लम्बिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको आज बसेको भर्चुअल बैठकले कोरोना संक्रमणको जोखिम अझै कायम रहेको निष्कर्ष निकाल्दै जेठ ३१ गते राती १२ बजे सम्मलाई निषेधाज्ञा लम्व्याउने निर्णय गरेको हो । बैठकमा गत बैशाख १४ गते रातिदेखि जारी निषेधाज्ञाको प्रभावकारीता, अस्पतालमा विरामीको उपचारको अवस्था, अक्सिजन आपूर्ति तथा कोरोना परीक्षणको लगायत विषयमा सम्बन्धित सरोकारवालासँग समिक्षा भएको छ । जिल्लामा बढ्दै गईरहेको कोभिड –१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि जिल्लास्थित क्रियाशील सम्पूर्ण राजनीतिक दल, पेशाकर्मी, व्यवसायी, बुद्दिजिबी, नागरिक समाज लगायतसँग निषेधाज्ञाको आदेश परिपालना गर्न समितिले आग्रह गरिएको हो ।

Translate »