२०८३ कात्तिक ९ , आइतबार
Sky News Nepal
October 25, 2026

थप ३ हजार ४५१ लाई कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु



साउन ३२, काठमाडौं । नेपालमा  विगत २४ घण्टामा थप ३ हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार उक्त अवधिमा १५ हजार ६११ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार  विगत २४ घण्टामा १० हजार ९३ जनाको पीसीआर र ५ हजार ५१८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

उक्त अवधिमा २ हजार ४५८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। अहिलेसम्म ६ लाख ८५ हजार १४० जना कोरोना मुक्त भएका छन्। उक्त अवधिमा कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको मन्त्रालयले बताएको छ ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ३९ हजार ३७१ रहेको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण १० हजार ३२७ जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ९६१ संक्रमित थपिएका छन्। जसअनुसार काठमाडौं जिल्लामा ६७७ जना, भक्तपुर जिल्लामा ११७ जना र ललितपुर जिल्लामा १६७ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : २०७८ साउन ३२ गते सोमबार
Translate »