२०८३ असोज २४ , शनिबार
Sky News Nepal
October 10, 2026

बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत कोहलपुर नगरपालिका वडा नम्बर ८ बाँकेकी ५५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए।

योसँगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय २७ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ९३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ भदौ ७ गते सोमबार
Translate »