२०८३ असोज २४ , शनिबार
Sky News Nepal
October 10, 2026

बाँकेमा कोरोना सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु



नवीन गिरी / नेपालगन्ज। बाँकेमा कोरोना सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत भजनी ६ कैलालीकी ५२ वर्षीया महिला र मधुवन ४ बर्दियाकी ७० वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए।

यो सँगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय २७ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ९५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ भदौ ८ गते मंगलबार
Translate »