राष्ट्रिय जनगणनाका सुपरिवेक्षकका लागि तालिम

टेकराज भण्डारी / अछाम । मेरो गणना मेरो सहभागिता’ भन्ने मूल नाराका साथ राष्ट्रिय जनगणना सुपरिवेक्षक तालिम अछामको मङ्गलसेनमा सकिएको छ। २ दिने सुपरिवेक्षक तालिमको आज समापन गरिएको हो ।

जिल्ला जनगणना समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लको अध्यक्षतामा भएको तालिममा जिल्ला स्तरीय जनगणना सहजीकरण समितिका संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख नर बहादुर कुँवरले जनगणनालाई प्रभावकारी बनाउन सुपरिवेक्षकले भूमिका खेल्नुपर्ने बताए।

समापन कार्यक्रममा जिल्ला जनगणना समन्वय समिति सदस्य प्रहरी नायब उपरीक्षक तुलसीराम अर्याल, अछाम बहुमुखी क्याम्पस प्रमुख छत्र बहादुर विष्ट, जिल्ला जनगणना अधिकारी प्रकाश विष्ट, विनायक स्थानीय जनगणना कार्यालयका स्थानीय जनगणना अधिकारी ललित बहादुर बुढाको सहभागिता रहेको थियो।

यस्तै तालिममा साँफेबगर स्थानीय जनगणना कार्यालयका स्थानीय जनगणना अधिकारी शङ्कर थापा, तुर्माखाद स्थानीय जनगणना कार्यालयका स्थानीय जनगणना अधिकारी टेक बहादुर साउद, मङ्गलसेन स्थानीय जनगणना कार्यालयका स्थानीय जनगणना अधिकारी लक्ष्मण बहादुर शाहीको समेत सहभागिता रहेको थियो।

 

जनगणना कार्य सम्बन्धी प्रकाश विष्टले जानकारी दिएका थिए भने सुरक्षा तथा अन्य संवेदनशीलता सम्बन्धमा डिएसपी तुलसीराम अर्यालले सहभागीलाई जानकारी गराएका थिए।

सरकारले हालै कोभिड–१९ का कारण स्थगित भएको जनगणना कात्तिक २५ गतेबाट पुनः शुरु गर्ने निर्णय गरेसँगै जनगणना सम्बन्धीका कार्य शुरु गरिएको जनगणना अधिकारी प्रकाश विष्टले बताए ।

 

Translate »