घाइतेको अवस्था बुज्न प्रदेश अस्पताल पुगे मन्त्री श्रेष्ठ

भदौ ३१,सुर्खेत । कर्णाली प्रदेशका उर्जा विकास तथा जलस्रोत मन्त्री दीनबन्धु श्रेष्ठले बुधबार भएको बस दुर्घटनाका घाइतेको अवस्थाबारे जानकारी लिएका छन् । सुर्खेतबाट जुम्लातर्फ जाँदै गरेको भे १ ख–२५७४ नम्बरको फोर्स गाडी वीरेन्द्रनगरको रेडियो नेपाल चोक नजिकै दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका १२ जना मध्ये अधिकांश जुम्ला हुन् ।

मन्त्री श्रेष्ठ बिहीबार घाइतेहरुको उपचार भइरहेको कर्णाली प्रदेश अस्पताल पुगेका थिए । उपचाररत ६ जना मध्ये छ महिने बालक आयुष परियार गम्भीर घाइते छन् । उनलाई आइसियूमा राखेर उपचार भईरहेको छ । मन्त्री श्रेष्ठले आफ्नो गृह जिल्लाका नागरिकहरु दुर्घटनामा परेर घाइते भएको खवर सुने लगत्तै अस्पताल पुगेको बताए ।

‘घाइतेहरुको अवस्था बुझ्न र उपचारमा सहजीकरणमा सघाउ पु¥याउन अस्पताल पुगेको हुँ’ मन्त्री श्रेष्ठले भने, ‘कर्णाली प्रदेश सरकारकातर्फबाट घाइतेहरुको प्रभावकारी उपचारका लागि अस्पताल प्रशासन र सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएको छु ।’
मन्त्री श्रेष्ठले घाइतेका परिवारसँग पनि भेटघाट गरेका थिए । ‘विरामीको उपचारका लागि सरकारले गर्नुपर्ने सबै सहयोग हुन्छ, अस्पताल प्रशासन र सम्बन्धित मन्त्रालयको पनि ध्यानाकर्षण गराएको छु,’ उनले विरामीका आफन्तहरुलाई भने, ‘तपाईहरु चिन्ता नलिनुहोला ।’

Translate »