नेपाल फिलिपिन्ससँग पराजित

असोज २, काठमाडौं । पहिलो हाफमा एक गोलको अग्रता लिए पनि नेपाल एएफसी वुमेन्स एसियाकप छनोटमा शनिबार फिलिपिन्ससँग २–१ ले पराजित भएको छ । नेपालले पहिलो हाफमा विमला चौधरीको गोलले अग्रता लिएको थियो ।


विमलाले १० औं मिनेटमा गोल गरिन् । यो नेपालका लागि उनको पहिलो गोल हो । खेलको अन्त्यतिर फिलिपिन्सले दुई गोल गरेको हो । फिलिपिन्सले ९० औं मिनेटमा बराबरी गोल गरेपछि इन्ज्युरी समयमा विजयी गोल थपेको थियो ।

अहिलेसम्म नेपाल र फिलिपिन्सबीच दुई खेल भएकोमा दुवैमा पराजित भएको छ । यसअघि सन् १९९९ मा नेपालले एएफसी वुमेन्स च्याम्पियन्सिपमा फिलिपिन्सको सामना गरेको थियो र त्यसमा नेपाल ५–० ले पराजित रहेको थियो । (कान्तिपुर दैनिक)

Translate »