सोमवार घट्यो सुन तथा चाँदीको मूल्य

असोज ४, काठमाडौं । नेपाली बजारमा सोमवार सुनको मूल्यमा गिरावट आएको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् आइतवार स्थिर रहेको सुनको भाउ सोमवार रू. २०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला रू. ८८ हजार ९०० मा कारोबार भएको छ । आइतवार छापावाला सुनको मूल्य प्रतितोला रू. ८९ हजार १०० मा कारोबार भएको थियो । आइतवारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला रू. २०० ले घटेको हो ।


त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८८ हजार ४५० मा कारोबार भएको छ । आइतवार तेजाबी सुन प्रतितोला रू. ८८ हजार ६५० मा कारोबार भएको थियो ।

यस्तै, सोमवार चाँदीको मूल्य पनि घटेको छ । आइतवार प्रतितोला रू. १ हजार १५० मा कारोबार भएको चाँदी सोमवार रू. १५ ले घटेर रू. १ हजार १३५ मा किनबेच भइरहेको छ ।

Translate »