नेपाल टेलिकमको ल्यान्डलाइन टेलिफोनको ग्राहक संख्या कति छ ?

असोज ४, काठमाडौं । नेपालमा ल्यान्डलाइन टेलिफोनको प्रयोगकर्ताहरु वर्षेनी घट्दै गएका छन् ।

बढ्दो उच्चतम प्रविधिको विकास तथा विस्तारसँगै ल्यान्डलाइन टेलिफोनको प्रयोगकर्ता घट्दै गएका हुन् । नेपालमा ल्यान्डलाइन  टेलिफोनको वितरक नेपाल टेलिकम मात्र हो ।

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो प्रतिवेदन अनुसार नेपाल टेलिकमको ल्यान्डलाइन सेवामा ५ लाख ६३ हजार ४६५ ग्राहक मात्र बाँकी छन् । त्यसो त तीन वर्षअघि भने  यो सेवामा ६ लाख ८६ हजार ७६२ ग्राहक रहेका थिए ।

गत वर्ष भने ल्यान्डलाइनको प्रयोगकर्ता ६ लाख ६४ हजार ३४२ रहेका थिए । नेपाल टेलिकमले ल्यान्डलाइनका ग्राहकको संख्या लगातार घट्न थालेपछि टेलिफोनसहित इन्टरनेट र टेलिभिजन एउटै तारबाट उपलब्ध गराउन  थालेको छ ।

हाल कम्पनीले एउटै फाइबरबाट इन्टरनेट, ल्यान्डलाइन सेवा दिन थालेको छ । फाइबर इन्टरनेट जडान गर्ने ग्राहकले ल्यान्डलाइन टेलिफोन सेवासमेत लिने भन्दै  देशव्यापी रुपमा बजार विस्तार गरिरहेको कम्पनीले बताएको छ ।  (आर्थिक अभियान)

Translate »