श्रमिक नेता तोरण विक सम्मानित

स्काई न्यूज / भदौं ५, सुर्खेत ।  कर्णालीका चर्चित श्रमिक नेता तोरण विक सम्मानित भएका छन् । जगदम्बा मोटर्स प्रालिले मंगलबार वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरि श्रमिक नेता तोरण विकलाई सम्मान गरेको हो ।

श्रमिक हक, हित र अधिकारका लागि उल्लेखनिय कार्य गरे वापत विकलाई सम्मान गरिएको प्रालिले जनाएको छ । कम्पनीका उपाध्यक्ष दिपक अग्रवालले लामो समयदेखि कर्णालीका श्रमिकको हक, हित र अधिकारका लागि वकालत, पैरवी बहस गर्दै आईरहेका श्रमिक नेता विकलाई प्रशंसा पत्र र दोसल्ला ओढाएर सम्मानित गरिएको बताए ।

यता सम्मानित भएका श्रमिक नेता तोरण विकले विभिन्न संघसंस्थाबाट सम्मानित हुन पाउँदा श्रमिक अधिकार प्राप्तिका लागि अघि बढ्न थप हौसला मिलेको प्रतिक्रिया दिए ।

Translate »