मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा

असोज १३,वीरगञ्ज ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको छ ।

साइकल खरिदमा अनियमित भएको आशंकामा अख्तियार टोलीले उक्त कार्यालयमा छापा मारेको हो ।

महोत्तरीको बर्दिबासस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले अनुसन्धानको लागि भनी साइकल खरिदसम्बन्धी कागजात नियन्त्रणमा लिएको छ। यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले साइकल खरिदमा अनियमितता गरेको खबर बाहिरिएको थियो ।

सोही खरिदमा अनियमितता भएको उजुरी परेपछि अख्तियार टोली मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मार्न पुगेको हो।
अख्तियारको टोली अहिले पनि कार्यालयमै रहेको छ।

 

Translate »