तोलामा ९०० रुपैयाँले बढ्यो सुनको मूल्य

असोज १५, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रवार नेपाली बजारमा सुनको बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् बिहीवार रू. २०० ले घटेको सुनको मूल्य शुक्रवार रू. ९०० ले बढेकोे हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू. ८९ हजार ६०० मा कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू. ८८ हजार ७०० मा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू. ९०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८९ हजार १५० मा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू. ८८ हजार २५० मा कारोबार भएको थियो ।

यस्तै, शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । बिहीवार प्रतितोला रू. १ हजार १२० मा कारोबार भएको चाँदी शुक्रवार रू. २० ले बढेर प्रतितोला रू. १ हजार १४० मा किनबेच भइरहेको छ ।

Translate »