एसइई दिने विद्यार्थीहरूलाई रजिष्ट्रेसन फर्म खुल्ला

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०७८ मा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा समावेश हुनका लागि रजिष्ट्रेसन र आवेदन फाराम खुल्ला गरेको छ।

राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले आज एक सूचना प्रकाशित गरी  ‘कक्षा १० मा नियमित रुपमा अध्ययनरत विद्यार्थीहरूको लागि कात्तिक मसान्तभित्र आवेदन फाराम भर्नु पर्ने जनाएको छ।

परीक्षार्थीको फाराम १० मङ्सिरभित्र शिक्षा विकास तथा समन्वय इकाई मा बुझाइसक्नुपर्ने र १५ पुसभित्र परीक्षा नियन्त्रण कार्यालयमा पेस गरिसक्नु पर्ने बोर्डले जनाएको छ । (रेडियो नेपाल)

Translate »