जीपको ठक्करबाट घाइते दुई विद्यार्थीको मृत्यु

दीपक शर्मा / सल्यान । शुक्रवार बिहान जीपको ठक्करबाट गम्भीर घाइते दुई विद्यार्थीको उपचारको क्रममा मृत्यु भएको छ ।

राप्ती प्रादेशिक अस्पताल दाङ तुलसीपुरमा उपचारको क्रममा दिउँसो दुई विद्यार्थीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका –६ बरलाकी अन्दाजी १८ बर्षीया रेखा बुढाथोकी र सोही ठाउँकी अन्दाजी १८ वर्षकै सुनिता नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए।

उनीहरूको उपचारको क्रममा दिउँसो १ बजे मृत्यु भएको हो ।

अन्य तीन जनाको थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीको भनाई छ ।

आज बिहान बागचौरदेखि सल्यान खलङ्गा आउँदै गरेको लु २ च ५७०१ नम्बरको जीपले शारदा नगरपालिका –२ बाङ्गेसल्लामा रुखको छहारीमा बसिरहेका विद्यार्थीलाई ठक्कर दिएको थियो ।

द्रुत गतिका कारण विद्यार्थीलाई ठक्कर दिएर जीप सडकबाट १० मिटर तल खसेको थियो ।

Translate »