बाँकेमा कोरोना संक्रमणका कारण थप चार जनाको मृत्यु

नवीन गिरी / नेपालगन्ज । बाँकेमा कोरोना सङ्क्रमणका कारण थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना बर्दिया र १ जना दाङका छन् ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत बर्दियाको राजापुर नगरपालिका ४ की ५२ वर्षीया महिला, राजापुर ८ का ३५ वर्षीय पुरुष र बारबर्दिया नगरपालिका ११ की ४२ वर्षीया महिला तथा दाङको दंगीशरण गाउँपालिका १ की ३७ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए ।

यो सँगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय ३५ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४ सय २३ जनाको मृत्यु भएको छ ।

Translate »