प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद विस्तार, को – को कुन मन्त्री बने ?

असोज २२, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार मन्त्रिपरिषद विस्तार गर्नुभएको छ ।

शुक्रवार नै मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गर्नुभएको हो । चार दलीय गठबन्धन नेतृत्वको सरकारले करीब तीन महीनापछि पूर्ण मन्त्रिपरिषदको आकार पाएको हो ।

प्रधानमन्त्री देउवा गत असार २९ गते नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्री बन्नु भएको थियो । उहाँ नेपाली काँग्रेसको सभापति हुनुहुन्छ ।

सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेस, नेकपा(माओवादी), जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी) लाई साथ लिएर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गर्नुभएको हो ।नवनियुक्त मन्त्रीहरूको सपथ शुक्रवार नै हुने भएको छ ।

Translate »