नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

२२ असोज, काठमाडौं । शेरबहादुर देउवा मन्त्रिपरिषदमा नवनियुक्त १६ मन्त्री र दुई राज्यमन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित कार्यक्रममा मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले र राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ गराएका हुन् ।

Translate »