२०८३ कात्तिक २५ , मंगलबार
Sky News Nepal
November 10, 2026

बसले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु



नवीन गिरी/ नेपालगन्ज ।  बाँकेको खजुरामा बसले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

खजुराको इलाका प्रहरी कार्यालय धनौलीदेखि ३ किलोमिटर पश्चिम गुनाना चोकमा आज बिहान साढे १० बजेतिर भे १ ख २२७४ नम्बरको बसले भे १ त ७४८८ नम्बरको ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा ट्याक्टर धनी रहेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ । मृतकको नाम भने खुलेको छैन ।

प्रकाशित मिति : २०७८ असोज २३ गते शनिबार
Translate »