आज पहाडी भू-भागमा मौसम बदली हुने

प्रदेश १ र बागमतीका केही ठाउँमा वर्षाको सम्भावना

असोज २८,काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न पहाडी भू–भागमा मौसम बदली रही प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नभए पनि बिहीबार बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ।

दिउँसो देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने छ। अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती  प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति देशको प्रदेश १, प्रदेश २, बागमती तथा बांकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ।

Translate »