मुगुमा दुर्घटनाबाट भएको निधनप्रति नेता रावतद्वारा दुःख व्यक्त


स्काई न्यूज /असोज २८, सुर्खेत ।  नेकपा एमालेका नेता एवम् पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले मङ्गलवार मुगुमा भएको बस दुर्घटना र त्यसमा ३२ जना यात्रुको मृत्युको खबरका साथै अछामलगायतका स्थानमा भएको दुर्घटनाले आफू स्तब्ध भएको बताएका छन् । एक विज्ञप्ति जारी गर्दै उनले उनले भनेका छन, ‘दुर्घटनामा ज्यान गुमाउनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’

उनले दुर्घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग आग्रह गरे । नेपाली सडकहरुको दुरावस्थाका साथै सवारीको अवस्था, चाप, सक्षम जनशक्तिको अभाव र सरोकारवाला निकायबाट निगरानी नहुँदा कर्णाली आसपासमा दिनदिनै यस प्रकारका सवारी दुर्घटना बढ्दै गइरहेको भन्दै उनले दुर्घटना न्यूनीकरण गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराए ।

Translate »