विश्व भोकमरी सूचकाङ्कमा नेपालको अवस्था भारतको भन्दा राम्रो

असोज ३०, संयुक्त राष्ट्रसंघ । विश्व भोकमरी सूचकाङ्कमा नेपाल ७६ औं स्थानमा रहेको छ ।

संयुक्त राष्ट्रसंघ सम्वद्ध संस्था खाद्य तथा कृषि संगठन (एफएओ) द्वारा शुक्रवार सार्वजनिक तथ्यांक अनुसार ११७ ओटा देश सम्मिलित सूचीमा नेपाल भारतभन्दा धेरै अगाडि रहेको छ । विश्व भोकमरी सूचकाङ्कमा भारतलाई पाकिस्तानभन्दा खराव स्थितिमा राखिएको छ । भारतको ग्लोबल हंगर इन्डेक्स (जीएचआई) स्कोर २७ दशमलव ५ रहेको छ ।

भारतको सूचकाङ्क ११७ ओटा देशमध्ये १०१ औ स्थानमा रहेको छ भने पाकिस्तान ९२ औं, म्यानमार ७१ औं स्थान, बंंग्लादेश ७६ औं  स्थान र नेपाल पनि ७६ औं स्थानमा रहेको छ । तर भारतले उक्त सूचकाङ्क गलत रहेको भन्दै आपत्ति प्रकट गरेको छ ।

भारतको महिला एवं बाल कल्याण मन्त्रालयले अल्पपोषण या कुपोषण को वैज्ञानिक तरीकाबाट मापन हुनुपर्नेमा काल्पनिक तरिकाले मापन भएको भन्दै विरोध गरेको छ ।

अघिल्लो वर्ष भारतको भोकमरी सूचकाङ्क १०७ ओटा देशमा ९४ औं स्थानमा थियो । यो सूचकाङ्कले भारतमा भोकमरीको अवस्था चिन्ताजनक रहेको देखाउँछ । उता चीन, ब्राजील तथा कुवेतसहित १८ ओटा देशले भने टप र्यान्क हासिल गरेका छन् । ती देशको जीएचआई स्कोर पाँचभन्दा कम रहेको छ । ४ दशमलव ९ वा सोभन्दा कम अंक प्राप्त गर्ने मुलुकलाई न्यून भोकमरीको अवस्थाको मुलुकको सूचीमा राख्ने गरिएको छ ।

विश्व भोकमरी सूचकाङ्क विश्वव्यापी भोकमरीको अवस्था जनाउने तथ्याङ्क हो। यसको गणना वार्षिक रूपमा गर्ने गरिन्छ भने यसको नतिजा प्रत्येक वर्षको अक्टोबरमा जारी गर्ने गरिन्छ ।  सन् २००० यता विश्वमै भोकमरीमा निकै गिरावट भएपछि सन् २०२० को प्रतिवेदन अनुसार विश्वव्यापी तहको भोकमरीलाई मध्यम स्तरमा वर्गीकृत गर्न थालिएको छ ।

भोकमरी सूचकाङ्क सार्वजनिक गर्न थालेपछि धेरै राष्ट्रहरूले सन् २००० देखि भोकमरीमा कमी ल्याएका छन् तर केही देशहरूमा भोकमरी कायम छ भने केहीमा झन् -झन् खराब हुँदै गइरहेको छ। यो सूची तयार गर्दा कुपोषित बालबालिकाको संख्या, बाल मृत्युदर, बच्चाको लम्बाइअनुसार तौल नहुनु लगायतलाई आभार मानिएको छ ।एजेन्सीहरु

Translate »