नेपालमा कोरोना संक्रमितको संख्या घट्दै
असोज ३०, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार देशभरमा कुल १ हजार ७७३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १३६ तथा एन्टिजेन विधिबाट ११ जना गरी कुल १४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
त्यस्तै सोही अवधिमा देशभर १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार शनिवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २७८ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ५९८ पुगेको छ । जसमध्य यसमध्ये ११ हजार ५४४ जना होम आईसोलेशन, १ हजार ५४ जना संस्थागत आईसोलेशन, ३०७ जना आईसीयू तथा ९७ जना भेन्टिलेटरमा रहेका छन् ।
यसैगरी, शनिवार ८४५ जना निको भएसँगै हालसम्म ७ लाख ८० हजार ७७६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमण निको हुने दर ९७ दशमलव शून्य ३ प्रतिशत रहेको छ ।