सोमवार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

कात्तिक १, काठमाडौं । नेपाली बजारमा सोमवार सुनको मूल्य उकालो लागेको छ । स्थानीय बजारमा सुनको भाउ अघिल्लो कारोबार दिन अर्थात् असोज २५ गतेको तुलनामा  रू. ७०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला रू. ९१ हजार ३०० मा कारोबार भएको छ । असोज २५ गते छापावाला सुनको मूल्य प्रतितोला रू. ९० हजार ६०० मा कारोबार भएको थियो । अघिल्लो कारोबाको तुलनामा सोमवार छापावाला सुन प्रतितोला रू. ७०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार ८०० मा कारोबार भएको छ । अघिल्लो कारोबार दिन तेजाबी सुन प्रतितोला रू. ९० हजार १५० मा कारोबार भएको थियो ।

यस्तै, सोमवार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो कारोबार दिन प्रतितोला रू. १ हजार १८० मा कारोबार भएको चाँदी सोमवार रू. ४५ ले बढेर रू. १ हजार २२५ मा किनबेच भइरहेको छ ।

Translate »