२०८३ भदौ २२ , सोमबार
Sky News Nepal
September 7, 2026

बढ्यो सुन र चाँदीको मूल्य



कात्तिक ३, काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्य प्रतितोला १०० रुपैयाँ बढेको छ ।

यो दिन सुनको मूल्य बढेर ९१ हजार ४०० रुपैयाँ कायम भएको हो । छापावाल सुनको मूल्य सोमवार भने प्रतितोला ९१ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  यो दिन तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार हुनेछ जुन सोमवार भने प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधवार चाँदीको मूल्य भने सोमवारको तुलनामा प्रतितोला  १० रुपैयाँ बढेर १ हजार २३५ रुपैयाँ पुगेको छ । चाँदी सोमवार प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो । महासंघले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ ।

प्रकाशित मिति : २०७८ कात्तिक ३ गते बुधबार
Translate »