सरकार राहत तथा क्षतीपूर्ती उपलब्ध गराउन प्रतिवद्ध छः प्रधानमन्त्री देउवा

स्काई न्यूज / कार्तिक ४, सुर्खेत ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षाले क्षती पु¥याएका नागरिकलाई सरकार आवश्यक राहत उपलव्ध गराउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । बाढीपहिराले क्षती पु¥याएको सुदूरपश्चिमका जिल्लाहरुको निरीक्षण गर्न सुर्खेतबाट सुदूरपश्चिम जानु पूर्व प्रधानमन्त्री देउवाले विहीबार सुर्खेत विमानस्थालमा कर्णाली प्रदेश सरकार एवं सुरक्षा निकायसँग प्रदेशको अवस्था बुझ्र्दै बाढीपहिरोबाट प्रभावित नागरिकलाई सरकारले राहत उपलव्ध गराउँने निर्णय गरिसकेको जानकारी दिए । उनले जलवायु परिवर्तनका कारण यति ठूलो महाविपत्तिले क्षती पु¥याएकाले क्षतीग्रस्त ठाउँहरुको निरीक्षण गरेर थप राहत र क्षतीपूर्ती उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

Translate »