सुर्खेतमा बम पट्किदा दुई जना घाईते

स्काई न्यूज / कार्तिक ६, सुर्खेत ।   सुर्खेतको वीरेन्द्रनगरमा बेवारिसे बम पट्किदा घाँस काट्न गएका दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा गुराँश गाउँपालिका–६, दैलेख स्थायी घर भई हाल वीरेन्द्रनगर–७, ईत्राममा बस्दै आएकी २१ वर्षीया लिला नेपाली र उनका भाई १४ वर्षीय नरेश परियार रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


घाईतेको स्थानीय देउती नर्सिङ होममा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (प्रहरी उपरीक्षक) माधव श्रेष्ठले जानकारी दिए । उनले आज विहान कट्कुवा सामुदायिक वनमा घाँस काट्र्दै गर्दा वेवारिसे वम पड्केर उनीहरु सामान्य घाईते भएको बताए । जंगलमा वेवारिसे पड्किएका वमहरु पुराना हुन वा कसैले नयाँ राखेको हो भन्ने बारेमा थप अनुसन्धान शुरु भईसकेको उनको भनाइ छ ।

Translate »