लोकतन्त्रको अभ्यास एमालेबाट सिक्नु पर्छ : उपाध्यक्ष राना

एमाले चौकुने ८, को अध्यक्षमा बास्तोला

स्काई न्यूज /कात्तिक १०, सुर्खेत ।  चौकुने गाउँपालिकाका उपाध्यक्ष निर्मला रानाले नेपालमा लोकतन्त्रको अभ्यास नेकपा एमालेबाट सिक्नु पर्ने बताएकी छिन् । नेकपा एमाले चौकुने गाउँपालिका वडा नम्वर ८, को प्रथम वडा अधिबेशनको सोमबार गुटुमा सम्बोधन गर्दै उनले सुखी नेपाली, समृद्ध नेपालको लक्ष्य एमाले सरकारमा भए मात्र सम्भव हुने जिकिर गरिन् । उनले एमालेप्रति सर्वसाधारणको बढ्दो आकर्षणले गैर एमालेहरु हत्तोत्साहित भएको बताईन् । जनताका लागि एमालेले गरेका असल कार्यबाट त्रर्सित भएर पार्टी फुटाउनेदेखि बद्नाम गर्ने खेलमा प्रतिक्रियावादीहरु जुटिरहेकाले सचेत रहन उनले कार्यकर्तालाई आग्रह गरिन् ।

यसैवीच एमाले चौकुने गाउँपालिका नम्वर ८, को प्रथम अधिवेशनले पर्शुराम बास्तोलाको अध्यक्षतामा २५ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्ष नवलसिंह कामी, सचिव हरिकला कँडेल, उप–सचिवद्वय ओमप्रकाश राई र झंकर विसी तथा अन्य सदस्यहरु रहेका छन् । अधिवेशनले १६ सदस्यीय गाउँपालिका प्रतिनिधि समेत निर्वाचित गरेको छ ।

Translate »