सुर्खेतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

स्काई न्यूज / कार्तिक १८, सुर्खेत । दाङदेखि सुर्खेत आउँदै गरेको जीप आज विहान रत्न राजमार्गको वीरेन्द्रनगर–१२, झुप्रा खोला नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको घोराही नगरपालिका–१३, का २८ वर्षीय जीप चालक राजु विक रहेको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।

तरकारी बोकेर सुर्खेत आउँदै गरेको रा १ च–१३१०, नम्वरको जीप दुर्घटना हुँदा गम्भिर घाईते भएका सवारी चालक विकलाई उद्दार गरेर प्रदेश अस्पताल पु¥याईएपनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए ।
उनले जीप दुर्घटनामा लिवाङ्ग नगरपालिका–३, रोल्पाका १६ वर्षीय सह–चालक लोकेन्द्र सुनार सामान्य घाइते भएको बताए । उनका अनुसार जीप सडकबाट १ सय ५० मिटर तल झुप्रा खोलामा खसेको छ ।