कर्णालीका नवनियुक्त मुख्यन्यायाधिवक्ता श्रेष्ठद्वारा शपथ

स्काई न्यूज  / कात्तिक २८, सुर्खेत । कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यन्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठले पद तथा गोपनीयताको शपथ गरेका छन् । उच्च अदालत सुर्खेतका न्यायाधीश शेषराज शिवाकोटीबाट नवनियुक्त मुख्यन्यायाधिवक्ता श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ गरेका हुन् । वीरेन्द्रनगर नगरपालिका– ९ सुर्खेत निवासी श्रेष्ठ प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा कर्णाली प्रदेश प्रमुख तिलक परियारबाट मुख्यन्यायाधिवक्तामा नियुक्त भएका थिए ।

नेपालको संविधानको धारा १६८ को उपधारा दुई बमोजिम प्रदेश सरकारका कानूनी सल्लाहकारका रुपमा मुख्य न्यायाधिवक्ता श्रेष्ठले आजै पद बहाली गरेका छन् । उक्त शपथ ग्रहण कार्यक्रममा कर्णाली प्रदेश प्रमुख तिलक परियार, मुख्यमन्त्री जीवनबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रमुख सचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकायका प्रदेश प्रमुख र सचिवहरुको उपस्थिति रहेको थियो ।

Translate »