मंगलवार तोलामा ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

कात्तिक ३०, काठमाडौं । नेपाली बजारमा मंगलवार सुनको मूल्य बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् सोमवार रू. ३०० ले घटेको सुनको भाउ मंगलवार रू. ५०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ९४ हजार ८०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९४ हजार ३०० मा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू. ५०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९४ हजार ३०० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू. ९३ हजार ८०० मा कारोबार भएको थियो ।
यस्तै, मंगलवार चाँदीको मूल्य पनि बढेको छ । सोमवार प्रतितोला रू. १ हजार २८० मा कारोबार भएको चाँदी मंगलवार रू. १० ले बढेर रू. १ हजार २९० मा किनबेच भइरहेको छ ।