सुर्खेतमा विप्लवका कार्यकर्ता पक्राउ

स्काई न्यूज / कार्तिक ३०, सुर्खेत । सुर्खेत प्रहरीले सदरमुकाम वीरेन्द्रनगरमा बजार बन्द गराउँदै हिडेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । आज सडकमा टायर बालेर जवरजस्ती बजार बन्द गराउन खोजेपछि विप्लवका ४ जना कार्यकर्तालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

यो समाचार तयार पारुन्जेल कुनै अप्रिय खबर प्राप्त नभएपनि विहानैदेखि नेकपा (विप्लव) का कार्यकर्ताले जिल्लाका विभिन्न स्थानका सडकमा टायर बालेर प्रदर्शन गरेको जानकारी प्राप्त भएको छ । विप्लव नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै देशभर बन्द आव्हान गरेको छ । सुर्खेतमा बन्दको आंशिक प्रभाव देखिन्छ ।