तोलामा १ हजार ६०० रुपैयाँले घट्यो सुनको मूल्य

मंसिर ७, काठमाडौं । नेपाली बजारमा मंगलवार सुनको मूल्य घटेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् सोमवार रू. २०० ले बढेको सुनको भाउ मंगलवार रू. १ हजार ६०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ९२ हजार ३०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९३ हजार ९०० मा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू. १ हजार ६०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९१ हजार ८०० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू. ९३ हजार ४०० मा कारोबार भएको थियो ।

यस्तै, मंगलवार चाँदीको मूल्य पनि घटेको छ । सोमवार प्रतितोला रू. १ हजार २७० मा कारोबार भएको चाँदी मंगलवार रू. १५ ले घटेर रू. १ हजार २५५ मा किनबेच भइरहेको छ ।

Translate »