सशस्त्र प्रहरीद्वारा अबैध कपडा बरामद

मंसिर ७, बर्दिया । भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अबैध सामान सशस्त्र प्रहरीले मंगलबार बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गणको मातहत विओपीबाट खटिएका सशस्त्र प्रहरी टोलीले अबैध सामान बरामद गरेको हो ।

प्रहरीले फेन्सी कपडा, प्लाष्टिक झोला, डिएपी मल र मोर्टर पार्टस्का सामान गरी करिब ४ लाख ३० हजार ५ सय ४६ रुपैयाँ बराबरको सामान बरामद गरेको छ । बरामद सामान कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको प्रहरीले जनाएको छ ।

Translate »