२०८३ असार २८ , आइतबार
Sky News Nepal
२०८३ असार २८ , आइतबार

विजौरा पोष्टका वन रक्षक महानन्द आचार्य मृत्त अवस्थामा फेला



स्काई न्यूज /मंसिर १२, सुर्खेत । डिभिजन वन कार्यालय भेरी बाबियाचौरमा कार्यरत वन रक्षक मृत्त अवस्थामा फेला परेका छन् । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–४, विजौरा पोष्टका वन रक्षक ४६ वर्षिय महानन्द आचार्य आज विहान मृत्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । गएराति चौकुने गाउँपालिककै भुडेभावरमा कुलु कर्णाली सामुदायिक वनका अध्यक्ष गंगाराम विसीको घरमा बास बसेका वन रक्षक आचार्य विहान सुतेर नउठेपछि उनी सुतेको कोठामा हेर्दा मृत्त अवस्थामा फेला परेको जिप्रका सूचना अधिकारी रामप्रसाद घर्तीमगरले जानकारी दिए । उनले सुर्खेतको वीरेन्द्रनगर–१२, चनौटेका स्थायी निवासी वन रक्षक आचार्य मृत्त फेला परेपछि घटना बारे अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बाबियाचौरदेखि प्रहरी निरीक्षक टेकबहादुृर देउवाको कमाण्ड ७ सदस्यीय प्रहरी टोली परिचालन गरिएको बताउनु भयो । पोष्ट मार्टम रिपोर्ट पछि मात्र मृत्यु हुनुको कारण बारेमा थाहा उनको भनाइ छ ।

प्रकाशित मिति : २०७८ मंसिर १२ गते आइतबार
Translate »